February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

भन्सारसम्बन्धी कानुनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : स्वर्णिम वाग्ले

भन्सारसम्बन्धी कानुनलाई सुधार होइन, फरक विकल्प दिनुपर्छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारसम्बन्धी कानुनलाई सुधार गर्नेभन्दा फरक विकल्प दिने बेला भएको बताएका छन् ।

Advertisement

बिहीबार अर्थ समितिमा भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग भएको छलफलमा उनले विज्ञहरू भएपछि १० लाई १५ गर्ने खालको सुधारभन्दा पनि ¥याडिकल विकल्प दिनुपर्ने बताए ।

Advertisement

‘यसलाई सुधार गर्ने कुरा गर्दैगर्दा ७० वर्षदेखि चलेको प्रक्रिया पुरानो भयो । अलिकति फरक विकल्प दिने बेला भएन र ? तपाईंहरू जतिको बुझेका मान्छेहरूले १० लाई १५, १७ लाई १९ जस्तो खालको सुधार उपयोगी होला तर ¥याडिकल विकल्प दिने हो भने सजिलो हुन्थ्यो,’ वाग्लेले भने ।

यस्तै, उनले कुनै सामान आयात गर्दा त्यसको शुल्क यति, भ्याट उति भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै थाहा हुने हो भने सजिलो हुने बताए। कति लागतमा आयात गर्दा कति तिर्ने भन्नेकुरा थाहा हुनुपर्ने उनको भनाइ छ ।

वाग्लेले भने, ‘यो वस्तुको यति शुल्क लाग्छ भन्सार, त्यसमा यति शुल्क थप्छौँ, त्यसमा १३ प्रतिशत भ्याट यति लाग्छ भनेर आयात गर्ने मानिसलाई ठ्याक्कै लाग्ने कति हो भन्ने कुरा थाहा होस् । कसैलाई सोध्न जान नपरोस् । पैसा खुवाएर तलमाथि पनि गर्न नपरोस् । सामान लिएर आएका मान्छेले सरकारले तोकेको रेटहरू डिजिटलरूपमा तिर्न पाउनुपर्छ,’