April 30, 2025, Wednesday
[nepali_today_date]

नेबिको सुगर फ्री डाईजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा

नेबिको सुगर फ्री डाईजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा

नेबिको प्रालिले उपभोक्ताको चाहनालाई मध्ये नजर गर्दै सुगर फ्रि डाइजेष्टिभ बिस्कुट ‘गिफ्ट फेमेली प्याक’मा बजारमा ल्याएको छ । उत्पादनको गुणस्तरलाई उपभोग्य समयसम्म कायमै राख्न र आकर्षक बनाउन नयाँ प्याकेजिङ मेटेरियल प्रयोग गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

उक्त सुगर फ्री डाइजेष्टिभ बिस्कुट हाल थप गुणस्तरीय तवरले अन्तर्राष्ट्रिय स्तरको प्याकेजिङ्गमा बजारमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनको अनुसार ‘गिफ्ट फेमेली प्याक’मा ३६० ग्रामको डाईजेष्टिभ बिस्कुटकाे मूल्य २०० रुपैयाँ निर्धारण गरिएकाे छ ।

Advertisement

उपभोक्ताको पाचन प्रणालीको सहजीकरण, तौल नियन्त्रण तथा मधुमेह भएका तथा नभएका उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राखी कोलेस्ट्रोलरहित रूपमा बिस्कुट तयार पारिएको कम्पनीको दाबी छ । अरू विदेशी बिस्कुटको तुलनामा उच्च गुणस्तरीय र सुपथ मूल्य भएकाे पनि कम्पनीको दाबी छ ।

आगामी दिनमा पनि विभिन्न प्रकारका पोषण तथा स्वास्थ्यवर्धक उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता पनि कम्पनीले गरेको छ ।

नेबिको प्रालि विगत ५५ वर्षदेखि बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री बितरण गरिरहेको ठूलो कम्पनी हो । सुगर फ्रि डाइजेष्टिभ बिस्कुट नेबिकोको उत्कृष्ट उत्पादन मध्ये एक हो । विगत ६ वर्षदेखि नेपाली उपभोक्ता माझ यो ब्राण्ड लोकप्रिय भएको छ ।