April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

एनआईसी एशियाले एक सातामा ऋण चुक्ता गरे कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर नलिने

एनआईसी एशियाले एक सातामा ऋण चुक्ता गरे कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर नलिने

असार २४, काठमाडौं ।
एनआइशी एशिया बैंकले एक सातामा ऋण चुक्ता गर्नेलाई कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर नलिने भएको छ । बैंकले एक साता अर्थात असार मसान्त सम्म ऋण तिर्ने ऋणिहरुका लागि यस्तो सुविधा दिने भएको हो ।


एनआईसी एशिया बैंकबाट कर्जा सुविधा लिएका ग्राहकले असार मसान्त सम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम सोही अवधिभित्रै भुक्तान गरेमा साउन एक गते देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना बैंकले बनाएको छ ।


बैंकले छोटो समयका लागि यो योजना ल्याएको हुदा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम समयमै भुक्तानी गरी सहुलियत लिन बैंकले आग्रह गरेको छ ।

Advertisement