April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एनआरएन लघुवित्तले दुई वित्तिय संस्थालाई गाभेर असार २९ गते देखि एकीकृत कारोबार गर्दै

एनआरएन लघुवित्तले दुई वित्तिय संस्थालाई गाभेर असार २९ गते देखि एकीकृत कारोबार गर्दै

असार २८, काठमाडौं ।
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तिय संस्था लिमिटेडको एकीकृत कारोबार असार २९ गते देखि गर्ने भएको छ ।
एनआरएन लघुवित्तले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर सोमबार देखि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्न लागेको हो । हालसम्म सर्वसाधारणका लागि शेयर जारी नगरेको उक्त कम्पनीले यस अघि क्रियटिभ र रामारोशन लघुवित्तलाई गाभेर एकीकृत कारोबार गरेको थियो । उक्त कम्पनीले देशभरका १३० ओटा शाखा कार्यालयहरुबाट १ लाखभन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Advertisement