ज्योति बाबुछोरीलाई थप पाँचदिन थुनामा राख्न अदालतको आदेश
२४, कात्तिक २०७६, काठमाडौँ । पूर्वमन्त्री तथा ज्याति समुहका उद्योगी रुप ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँले ज्योति बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो । प्रहरीले ज्योतिलाई बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । ठगी मुद्दामा ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । तर, लगत्तै सो आदेश कार्यान्वयन नगर्न माग गर्दै रुपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएपछि प्रहरी उनको खोजीमा लागेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रुपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको थियो ।
ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गरेको आरोपमा शाहीकालिन पूर्वअर्थ सहायकमन्त्री एवं ज्योति का उपाध्यक्ष रुपज्योतिलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस्