January 21, 2025, Tuesday
८ माघ २०८१, मंगलवार

सर्पोट माइक्रोफाइनान्सको लाभांश १० प्रतिशत

सर्पोट माइक्रोफाइनान्सको लाभांश १० प्रतिशत

२८ कात्तिक २०७६, काठमाडौं ।
सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रूपैयाँमध्येबाट १० प्रतिशतको अनुुपातमा ६० लाख रूपैयाँबराबरको बोनस सेयर र चुक्ता पुँजीको शून्य दशमलव ५२ प्रतिशत अर्थात् तीन लाख १५ हजार सात सय ८९ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको एक सय ३६औँ बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वनमा आउनेछ ।

Advertisement