इ–सेवा मनी ट्रान्स्फरको ‘दसैं तिहार भर, सयको अफर’ योजना
ईसेवा मनी ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै चाडपर्व अफर ‘दसैं तिहार भर, सयको अफर’ योजना सार्वजनिक गरेको छ । यो योजनाअनुसार इ–सेवा मनि ट्रान्स्फरमार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा सय रुपैयाँबराबरको रिचार्ज जित्न सकिनेछ ।
साथ,ै सोझै ईसेवा खातामा रकम प्राप्त गर्दा ईसेवा खातामा सय रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।
यो योजना मंसिर ६ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेका हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।
रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागि अग्रसर रहको ईसेवा मनी ट्रान्सफरले जापान, मलेसिया, बहराइन, अमेरिकाका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
प्रतिकृया दिनुहोस्