March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

डेट एक्सपायर स्नीकर्स नयाँ डेट राख्दै गरेको अवस्थामा फेला

डेट एक्सपायर स्नीकर्स नयाँ डेट राख्दै गरेको अवस्थामा फेला

काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीस्थित गणेशमान सिंह कलेज नजिकै एक घरमा म्याद गुज्रिएको (डेट एक्सपायर) भएको स्निकर्स (चेकलेट)मा ठूलो परिणाममा फेला पारेको छ । उपभोग्य मिति सकिए पनि पुनः नयाँ मिति लेखेर बजारमा बिक्री गर्ने तयारी गरिएको अवस्थामा प्रहरीले ठूलो मात्रामा स्नीकर्स बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले भाडामा लिइएको २ वटा कोठामा म्याद सकिएका स्नीकर्स फेला पारेको हो । एउटा कोठामा म्याद सकिएको स्नीकर्स भेटिएको र अर्को कोठामा म्याद जारी गर्दै गरेको अवस्थामा मेसिन समेत फेला परेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले डेट एक्सपायर स्नीकर्स फेला पारेको हो ।अहिले उपभोक्ता हित संरक्षण तथा वाणिज्य विभागका कर्मचारी पनि स्नीकर्स भेटिएको स्थानतर्फ जान लागेका जनाइएको छ ।

Advertisement