सनराइज बैँकले ल्यायो अफरः भाटभटेनी सुपरमार्केटमा बैंकका ग्राहकलाई विशेष छुट
२५ असोज, काठमाण्डौ ।
सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । भाटभटेनी सुपरमार्केटसँग सहकार्य गरी बैँकले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो ।
उक्त अफर अनुसार, ग्राहकहरुले आफ्ना डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद छुट पाउने भएका छन् ।
ग्राहकहरुले कार्डमार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म छुट पाउने बैंकले जनाएको छ ।
साथै, यो योजना असोज २५ देखि कार्तिक ११ गत सम्म लागु रहने बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्