टेलिकमले तीन महिनामा सवा तीन अर्ब कमायो
शनिवार ३० कात्तिक २०७६
नेपाल टेलिकमले साउनदेखि असोजसम्ममो तीन महिना सवा तीन अर्ब नाफा गरेको छ । टेलिकमले सार्वजनिक गरेकोे त्रैमासिक वित्तीय विवरणमा टेलिकमले तीन अर्ब २४ करोड ६७ लाख नाफा गरेको हो । जुन अधिल्लो बर्षको यही समय भन्दा करिब २५ करोड बढीले नाफा गरेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा टेलिकमले साढे तीन अर्ब कम नाफा गरेको छ ।
तीन महिनामा टेलिकमले कूल १० अर्ब ६० करोड आम्दानी गरेको थियो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको कूल आम्दानी १० अर्ब ८५ करोड थियो । जीएसएम सेवाबाट मात्रै ६ अर्ब ४३ करोड आम्दानी गरेको हो । त्यस्तै रिचार्च कार्डको छुट बापत ३२ करोड खर्च भएको छ ।
प्रतिकृया दिनुहोस्