‘अन्र्तराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ चन्द्रागिरी हिल्स रिसोर्टलाई

शनिवार ३० कात्तिक २०७६
काठमाडौंको चन्द्रागिरी हिल्समा अवस्थित चन्द्रागिरी हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्र्तराष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरी हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गरेका हुन् । काठमाडौंको पश्चिमी पर्यटकीय डाँडा चन्द्रागिरीमा २०७३ सालमा केबलकार सञ्चालनमा आएपछि हाल त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरू निर्मित छन् । यसैलाई लक्ष्ति गरी भारत पर्यटन विकास निगम, हस्पिटालिटी इन्डिया र जिटीसी इभेन्ट संस्थाले हरेक वर्ष प्रदान गर्ने यो अन्र्तराष्ट्रिय पुरस्कार यस वर्ष उक्त रिसोर्टलाई प्रदान गरिएको चन्द्रागिरी हिल्स लिमिटेडले प्रेस विज्ञप्तिमा भनिएको छ । हरेक वर्ष दक्षिण एसियाली देशका सेवा क्षेत्रमा कार्यरत होटल, रिसोर्ट, हवाइ सेवालगायतका विभिन्न पर्यटकीय संस्थाहरूलाई यो अवार्ड प्रदान गर्ने गर्दछन् ।
सोही कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहलाई यस वर्षको उत्कृष्ट युवा महाप्रबन्धक अवार्ड (योङगेष्ट जनरल म्यानेजर अफ द इयर) प्रदान गरिएको थियो ।