जिएमई रेमिट प्राली र अल फरदिन एक्सचेन्जले गरे सम्झौता
०१ मंसिर, २०७६, काठमाण्डौ ।जिएमई रेमिट प्राली र अल फरदिन एक्सचेन्जबीच रेमिटेन्स सम्झौता भएको छ ।
जिएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र अल फरदिन एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत ओसामा अल रहमानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि अल फरदिन एक्सचेन्जमार्फत यूएईबाट पठाएको रकम जिएमई रेमिटका एजेन्टबाट सहजै भुक्तानी लिन सकिनेछ । देशभर जिएमई रेमिटका ७ हजारभन्दा बढी एजेन्टमार्फत यो रकम भुक्तानी लिन सकिने कुरा जारी बिज्ञप्तीमा उल्लेख छ । हाल जिएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापान लगायत अन्य खाडी मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्