February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

एनसीसी बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता

०१ मंसिर, २०७६ काठमाण्डौ । बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब एनसीसी बैंकका कर्मचारी तथा ग्राहकले बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा नेपाल मेडिसिटी अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् ।
हाल बैंकको देशभर ८१ वटा एटीएम सञ्चालनमा छ भने, बैंकले आफ्ना १२० वटा शाखाबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

Advertisement