सुजुकीको ‘एस–प्रेसो’ अब नेपाली बजारमा
०३ मंसिर, २०७६, काठमाडौं । सुजुकीको प्याटेन्टेड हाटटेक्ट प्ल्याटफर्मको पाँचौं पुस्ताको नयाँ ‘एस–प्रेसो’ नेपाली बजारमा आएको छ ।
नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले मिनी एसयूभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयूभी’ सार्वजनिक गरेको हो । यसमा राखिएका १० भन्दा बढी सेफ्टी फिचरले यसलाई सेग्मेन्टकै सबैभन्दा बढी सुरक्षित कार बनाएको छ ।
‘बोल्ड अनि पावरफुल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरुभन्दा भिन्न देखिन्छ । ‘हार्टटेक्ट प्लेटफर्म’ को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’ मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ ।
१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत विक्री हुनेछ ।
प्रतिकृया दिनुहोस्