January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

युनाईटेड इदी मर्दीको आईपीओ खरीदका लागि आजदेखि आवेदन खुला

युनाईटेड इदी मर्दीको आईपीओ खरीदका लागि आजदेखि आवेदन खुला

मंसिर ३, काठमाडौं ।
युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओ आज (बुधवार) देखि खुला हुँदैछ । यस अघि कम्पनीले कात्तिक २७ गतेदेखि विक्री गर्ने भनिएकोमा नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा मिति परिवर्तन गरेर मंसिर ३ गतेदेखि सर्वसाधरणको लागि आईपीओ विक्री खुला गर्ने भएको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयहरुलाई आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । अहिले दोस्रो चरणमा सर्वसाधारणलाई कम्पनीले स्थानियमा वितरण हुन नसकेको २ लाख ४३ हजार ९ सय १० कित्ता शेयर समेत जोडर सर्वसाधारणका लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर वितरण गर्नेछ । उक्त आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई मध्यम रुपमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।

Advertisement