टाटा हिटाचीको पार्ट्स मेला सञ्चालनमा
०४ मंसिर, २०७६, काठमाण्डौ । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा यहि मंसिर १ गतेदेखि ८ गतेसम्म पार्ट्स मेलाको आयोजना गरेको छ ।
पार्ट्स मेलामा टाटा हिटाचीका सम्पुर्ण गा्रहकहरुका लागी स्पेयर पार्ट्स तथा ल्युब्रिकेन्टसमा भारी छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साथै मेलामा पार्ट्स तथा ल्युब्रिकेन्ट्स खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली ग्राहकलाई लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गरिने बताइएको छ ।
सिप्रदी अर्थमुभर्स प्रालिले विगत १ दशकदेखि नेपाली बजारमा टाटा हिटाचीको विभिन्न साइजको एक्जाभेटर, व्याको लोडर र ह्विल लोडर उपलब्ध गराउदै आएकोे छ ।
प्रतिकृया दिनुहोस्