टेलिकमको सात प्रदेशमा फोरजी सिम वितरण अभियान अन्तिम चरणमा
०४ मंसिर, २०७६, काठमाण्डौ । नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गर्ने क्रममा सो अभियान गत कात्तिक २० गते विर्तामोडबाट प्रारम्भ गरेको थियो । जसअन्तर्गत पहिलो चरणको सो अभियान आगामी बुधबार पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिने टेलिकमले जनाएको छ ।
कम्पनीले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरेको हो । यस कार्यक्रम अन्तर्गत गत कात्तिक २० गते बिर्तामोड, २२ गते वीरगन्ज, २४ गते भरतपुर, २६ गते नेपालगञ्ज, २८ गते सुर्खेत र ३० गते महेन्द्रनगरमा सिम वितरण साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन कार्य सम्पन्न भएको छ ।
कम्पनीले हाल फोरजी सिम निःशुल्क उपलब्ध गराइरहेको छ । यो विशेष अभियानअन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।
प्रतिकृया दिनुहोस्