April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा शुरु

हेटौंडा अस्पतालमा आइसियुसहित भेन्टिलेटर सेवा शुरु

मंसिर १६, काठमाडौं ।
मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालमा आइसियुसहितको भेन्टिलेटर सेवा शुरु भएको छ । हेटौंडा अस्पतालले ७ शय्याको आइसियू र १० शय्याको एचडियु सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो ।

प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार आइसियुसहितको भेन्टिलेटर सेवा र उच्च उपचार कक्ष (एचडियु) सेवाको शुभारम्भ गरेका हुन् । आईसीयू अभावका कारण हेटौँडाका निजी अस्पताल र भरतपुर रेफर हुँदै आएका बिरामीको अब भने हेटौँडा अस्पतालमा नै उपचार हुने भएको हो । कोरोनाबाहेकका बिरामीहरुका लागि मात्र आइसियुसहितको भेन्टिलेटरको सेवा उपलब्ध गराइने भएको छ ।

हेटौंडा अस्पतालले विपन्न, गरिबहरुलाई लक्षित गरेर आइसियु र एचडियू सेवाको शुल्क तोकेको छ । आइसियुको प्रतिदिन १ हजार ५००, एचडियुको प्रतिदिन दुई हजार र आइसियुसहितको भेन्टिलेटरको प्रतिदिन चार हजार रुपैयाँ तोकिएको छ ।

Advertisement