March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलद्धारा २९ हजार मेट्रिक टन मल खरिद

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलद्धारा २९ हजार मेट्रिक टन मल खरिद

मंसिर १६, काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयलले पछिल्लो पटक २९ हजार मेट्रिक टन मल खरिद गरेको छ । मन्त्रालय स्रोतका अनुसार १९ हजार टन डीएपी र १० हजार टन पोटास मल खरिद गरिएको हो । भारतीय सप्लायर इन्डियन पोटास लिमिटेडमार्फत साउदी अरेबियाबाट डीएपी र बेलारुसबाट पोटास खरीद गरिएको हो । दुवै मल कृषि सामग्री कम्पनीको भण्डारणमा आइपुगेको कम्पनीले जनाएको छ ।

यो बाहेक ३० हजार मेट्रिक टन युरिया दुबईस्थित स्विस सिंगापुर सप्लायरमार्फत चीनबाट खरीद गरिएको छ । सबै मल आउँन करिव ३ साता लाग्ने कम्पनीले जनाएको छ । ७५ हजार मेट्रिक टन डीएपी आउने क्रममा रहेको छ भने थप ३० हजार मेट्रिक टन डीएपी खरीद प्रक्रिया अघि बढाईको छ । त्यस्तै युरिया मल ५० मेट्रिक टन पनि आउने क्रममा रहेको छ भने ३० हजार मेट्रिक टनको खरीद सम्झौता भई एलसी खोल्ने क्रममा रहेको छ ।

थप ६० हजार मेट्रिक टन युरिया खरीदका लागि सप्लायरसँग सम्झौता गर्ने कार्य अघि बढाइएको छ । सबै मल आपूर्ति ग्लोबल टेन्डरमार्फत खरीद गरिएको छ । मल प्राप्त भएपछि चालू वर्षमा कृषि सामग्री कम्पनीले ३ लाख ३५ हजार मेट्रिक टन मल आपूर्ति गर्ने कम्पनीले जनाएको छ ।

Advertisement