April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

खानेपानीका २१ नमुना मापदण्डविपरीत, १५ पानी उद्योगको उत्पादन रोक्का

खानेपानीका २१ नमुना मापदण्डविपरीत, १५ पानी उद्योगको उत्पादन रोक्का

मंसिर १६, काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनका क्रममा खानेपानीका २१ नमुना मापदण्डविपरीत भएको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ । विभागले पानी, दाना, तेल, घिउ गरी एक हजार १ सय ८९ नमुना परीक्षण गर्दा ७० वटा नमुनामा आवश्यक मापदण्ड नपुगेको पाइएको हो ।

Advertisement

खानेपानीका २१ नमुनासहित दानाका १६, तेल तथा घ्युका १४ र खाद्यान्नका १० नमुना मापदण्डविपरीत रहेकाले कारबाही प्रक्रिया अघि बढाएको विभागले जनाएको छ । यस्तै १५ पानी उद्योगको उत्पादनमा समेत विभागले रोक लगाएको छ । विभागले गत साउनदेखि कात्तिकसम्मको अवधिमा ती नमुना परीक्षण गरेको हो । घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रंग, बियर, मटर फ्राइ खाद्य पदार्थमा समेत गुणस्तर मापदण्ड पुरा नभएको पाइएको विभागले जनाएको छ ।

Advertisement

सो अवधिमा विभागले न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको आरोपान २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन तथा जिल्ला अदालतमा दायर गरेको छ । मुद्दा दायर गरिएकाहरुमध्ये ८ वटा मुद्दा न्यून गुणस्तरका, ७ वटा मुद्दाहरु दुषित र ७ वटा मुद्दाहरु लेवल लगायतका विवरण नमिलेका छन् भने ४ वटा मुद्दाहरु खाद्य ऐन नियम निर्देशिका उल्लघंन सम्बन्धी छन् ।

पिउने पानी, खाने तेल, होटल लगायतका विभिन्न विषयमा परेका १५३ उजुरीहरुको तत्काल सुनुवाई गरी कारवाही गरिएको पनि विभागले जनाएको छ । खाद्य ऐन, २०२३, खाद्य नियमापली २०२७ तथा निर्देशिका बमोजिम उत्पादन नगरेको पाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायको उत्पादन रोक्का गरिएको छ । पिउने पानीका १५, खाद्यान्न तथा दलहनका ८, दूध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्युजन्यका ३ र अन्य ३ खाद्य व्यवसाय रोक्का भएका छन् ।