April 30, 2025, Wednesday
[nepali_today_date]

’बाजेको सेकुवा’ अब गट्ठाघरमा पनि

’बाजेको सेकुवा’ अब गट्ठाघरमा पनि

०५ मंसिर, २०७६, काठमाण्डौ । बाजेको भेन्चर प्रालिले बुधबारदेखि भक्तपुरको गट्ठाघरमा नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बाजेको सेकुवा अब भक्तपुरमा पनि पाइने भएको छ । बाजेको सेकुवाकी निर्देशक नितिमा कार्की र समाजसेवी सरस्वती थापाले उक्त शाखाको उद्घघाटन गरेका हुन् ।
उपत्यका बाहिर पोखरा, भरतपुर, र बुटवलमा फ्रान्चाइज मोडेलमा रेष्टुरेन्ट सञ्चालन भइरहेको छ । अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा हिमालयन ग्रिल भनेर सञ्चालनमा रहेको छ ।
नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी भइरहेको जनाइएको छ ।

Advertisement