रेडमी नोट ८ स्मार्टफोन सार्वजनिक
०५ मंसिर, २०७६, काठमाण्डौ । साओमी, ग्लोबल टेक्नोलोजी लिडरले बहु–प्रतिक्षित रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ । क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिज बजारमा आएको हो ।
पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ । यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एंगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स छ जसले २ सीएमसम्म दृश्यको नजिक र्पुयाउँछ । यसले रेडमी नोट ८ प्रोलाई अत्यन्त बहुमुखी इमेजिङ टुल बनाएको छ जसमा प्रयोगकर्ताले विभिन्न परिपे्रक्ष्य र दृश्य खिच्न सक्छन ्।
रेडमी नोट ८ प्रो अमेजन एलेक्सा बिल्ट इन सार्वजनिक गर्ने नेपालकै पहिलो स्मार्टफोन हो । यसले प्रयोगकर्तालाई अन्तक्र्रिया गर्न र एकैपटक विभिन्न कार्य कार्यान्वयन गर्न मद्दत गर्छ । द्रुत समाचार अपडेट प्राप्त गर्दै, स्मार्ट होम नियन्त्रण गर्ने, रियल टाइममा मौसमको जानकारी प्राप्त गर्ने र एलेक्सा किवर्ड प्रयोग गरेर एलेक्साको हजारौं मध्यको एक सीप चयन गर्न पनि सकिन्छ ।
यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । अक्टा–कोर हेलियो जिनाइनजिरोटी मोबाइल प्ल्यायटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता छ । रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको थ्रीडी कर्बड ग्लास छ जसलाई हातमा राख्दा सजिलो महसुस हुन्छ । दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो र यो पटक ४५०० एमएएच ब्याट्रीले पूरै दिन उत्कृष्ट गेमिङ र फोटोग्राफी सुनिश्चित गर्छ ।
प्रतिकृया दिनुहोस्