January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंक एक्स्टेन्सन काउण्टरहरु अझै केही समय संचालनमा रहने

नेपाल भारत सिमाका भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंक एक्स्टेन्सन काउण्टरहरु अझै केही समय संचालनमा रहने

मंसिर १७, काठमाडौं ।
नेपाल–भारत सिमा भन्सार कार्यालयहरुमा रहेका प्रभु बैंकका एक्सटेन्सन काउन्टरहरु अझै केहि समय संचालनमा रहने भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभाग र प्रभु बैंक लिमिटेडको समन्वयमा नेपाल भारत सीमाका विभिन्न ७ वटा भन्सार कार्यालयहरुमा रहेको प्रभु बैंकको एक्स्टेन्सन काउण्टरहरु अझै केही समय संचालनमा रहने भएका हुन् ।

भद्रपुर भन्सार कार्यालय झापा, सुनसरी भन्सार कार्यालय सुनसरी, ठाडी भन्सार कार्यालय सिरहा, जलेश्वर भन्सार कार्यालय महोत्तरी, महेशपुर भन्सार कार्यालय नवलपरासी, सुठौली भन्सार कार्यालय कपिलवस्तु र सति भन्सार कार्यालय कैलालीमा सरकारी राजश्वरभन्सार संकलनका लागि सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुले थप समयावधिका लागि निरन्तर रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने भएका हुन् ।

सो सम्बन्धी नविकरण सम्झौतामा नेपाल सरकार, अर्थ मन्त्रालय भन्सार विभाग, त्रिपुरेश्वर, काठमाण्डौका तर्फबाट महानिर्देशक सुमन दाहाल र प्रभु बैंक लिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बुधबार हस्ताक्षर गरेका हुन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा रहेका प्रभु बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नती हुने बैंकले विश्वास लिएको छ ।

Advertisement