April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

महामारीले होटेल व्यवसायको अर्बौको लगानी संकटमा

महामारीले होटेल व्यवसायको अर्बौको लगानी संकटमा

१८ मंसिर, काठमाण्डौ ।

Advertisement


कोरोना भाइरस महामारीको कारण लगाइएको निषेधाज्ञा तथा लकडाउन हटेपनि यतिबेला सबै क्षेत्र चलायमान भइसकेका छैनन् । त्यसको सबैभन्दा धेरै नकारात्मक असर नेपालको वैदेशिक रोजगार पछि होटेल व्यवसायमा परेको छ ।

Advertisement


कोभिड महामारीको कारण ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार समेत पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण होटेलहरु सुनसान झै बनेका छन् । मुलुकको कुल गार्हस्थ उत्पादनमा ३ देखी ७ प्रतिशत योगदान गर्दे आएको पर्यटन क्षेत्र अहिले पनि ठप्प जस्तै रहेको छ । केही खुलेका होटलहरु कोरोना प्रभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् भने अन्य केही पूर्णरुपमा संञ्चालन हुन सकेका छैनन् ।


यसको साथै बैंकिङ् ऋण लिएर अर्बौको लगानिमा खोलिएका होटेलहरु अझ बढी मारमा परेका छन् । लकडाउन र निषेधाज्ञापछि आन्तरीक पर्यटकले होटल चल्ने अपेक्षा गरेपनि आन्तरीक पर्यटकको पनि खासै चहलपहल देखिदैन । जसका कारण वातावरण पूर्ण सहज नभएसम्म होटल खोलेपनि अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन हुने देखिन्छ ।


अहिलेको समय होटल व्यवसायमा गरिएको अर्बौको लगानीमा नोक्सानी मात्र भएको छैन, मजदूरको अवस्था पनि दयनीय बन्दै गएको छ । होटल र पर्यटनको क्षेत्रमा काम गर्ने मजदुरहरु बेरोजगार भएका छन् । होटल रेष्टुरेन्टमा काम गर्ने मजदूरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको छ । उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । होटलमा ग्राहकको अवस्था शुन्य प्रायः हुँदा होटल भाडा र काम गर्नेहरुलाई तलब दिन समेत नसकिने अवस्था सिर्जना भएको छ । पर्यटकको आवागमन नभएपछि होटल व्यवसाय चौपट बनेका छन् । व्यवसाय चौपट हुने अवस्था आए पछि बैंक किस्तादेखि कुक र अन्य कर्मचारीलाई तलब खुवाउन, राज्यलाई कर तिर्न समेत नसक्ने अवस्था पैदा भएको छ ।


पछिल्लो समय आन्तरीक पर्यटकलाई लक्षित गरी सरकारले विभिन्न खाले प्याकेजहरु ल्याएको भएतापनि पर्यटक पुग्ने पदमार्ग समेत यतिबेला सुनसान छन् । जसको प्रत्यक्ष असर होटेल व्यवसायमा परेको छ ।