April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

झापाको नमस्ते प्लाइ उद्योगमा आगलागी, ३० लाख रुपैयाँ बराबरको क्षति

झापाको नमस्ते प्लाइ उद्योगमा आगलागी, ३० लाख रुपैयाँ बराबरको क्षति

मंसिर १९, काठमाडौं ।
झापाको बिर्तामोडमा रहेको नमस्ते प्लाइ उद्योगमा आगलागी भएको छ । बिर्तामोड नगरपालिका २ मा रहेको उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो ।

शुक्रबार बिहान भएको आगलागीबाट ३० लाख रुपैयाँ बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान सवा ७ बजे लागेको आगो साढे १० बजे नियन्त्रणमा आएको हो ।

बिर्तामोड, भद्रपुर र दमकको दमकल, जनपद, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले करिब ३ घण्टापछि आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement