January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

मंसिर २२, काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ । गत हप्ताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो ।

विहिबार १ हजार ६ सयले बढेको सुन शुक्रबार ३ सयले बढेको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement