March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता

कुमारी बैंक र चित्रावन नेचर क्युअर हस्पिटलबीच सम्झौता

मंसिर २२, काठमाडौं ।
कुमारी बैंक लिमिटेड र चितवनस्थित चित्रावन नेचर क्युअर हस्पिटल प्राईभेट लिमिटेडबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा कुमारी बैंक लिमिटेडमा नारायणगढका शाखा प्रबन्धक सुजन ढुंगाना र चित्रावन नेचर क्युअर अस्पतालका निर्देशक डा. विशाल सापकोटाले हस्ताक्षर गरेका छन् ।

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौंतापछि कुमारी बैंकको डेविट र क्रेडिट कार्डमार्फत बैंकका ग्रहकहरुले हस्पिटलको बेड चार्ज, जनरल प्याथोलोजी र अन्य स्वास्थ्य उपचारको भूक्तानी गर्दा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १८६ शाखा सञ्जाल, १३८ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Advertisement