January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

मंगलबार एकै दिन १५ सयले बढ्यो सुनको मुल्य

मंगलबार एकै दिन १५ सयले बढ्यो सुनको मुल्य

मंसिर २३, काठमाडौं ।
मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १५ सयले बढेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ६ सय ५० कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । सोमबार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १२ सय ३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

Advertisement