March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

उपाध्यक्ष लगायत दुई कार्य समिति सदस्य चयन गर्दै बैंकर्स संघ

उपाध्यक्ष लगायत दुई कार्य समिति सदस्य चयन गर्दै बैंकर्स संघ

मंसिर २३, काठमाडौं ।
नेपाल बैंकर्स संघले पुस मध्यमा वार्षिक साधारणसभा डाक्ने भएको छ । मंगलबार संघको कार्य समितिले वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै पुस दोस्रो साता साधारणसभा डाक्ने निर्णय गरेको हो ।

उक्त साधारणसभाले रिक्त रहेको उपाध्यक्षसहित अन्य दुई कार्य समिति सदस्य चयन गर्ने छ । नेपाल एसबीआइ बैंकका अनुकुल भटनागर माउ कम्पनी फर्किएपछि उपाध्यक्ष पद खाली छ ।

यस्तै माछापुच्छ्रे बैंकबाट राजीनामा गरेर बाहिरिएका सुमन शर्मा र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको पदमा नया कार्य समिति सदस्य चयन गर्नु पर्ने आवस्यकता रहेको छ । जसका लागि संघले केही दिनमै उमेद्वारी दाबी गर्न आह्वान गर्ने भएको छ । संघको अध्यक्षमा अहिले भुवन दहाल छन् ।

Advertisement