January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

घोषणा भयो सगरमाथाको नयाँ उचाइ, अब ८,८४८.८६ मिटर कायम

घोषणा भयो सगरमाथाको नयाँ उचाइ, अब ८,८४८.८६ मिटर कायम

मंसिर २३, काठमाडौं ।
विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । मंगलबार भएको भर्चुअल घोषणा कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको थियो । पहिलेको तुलनामा सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको उचाई नेपाल र चीनले छुट्टाछुटुटै मापन गरेको थियो । मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो ।

विभागले १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस सुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो । नयाँ घोषणासँगै अब सगरमाथाको उचाइमा एकरुपमा कायम भएको छ ।

Advertisement