January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

मंसिर २३, काठमाडौं ।
सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध फैसला सुनाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोजकुमार शर्माको संयुक्त इजलाशले जग्गाको कित्ताकाट रोक्न माग गर्दै दायर रिटमा आज फैसला सुनाएको हो ।

Advertisement

सरकारले खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेपछि अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट दायर गरेका थिए । भदौ २९ गते न्यायाधीश सुष्मलता माथेमाले अल्पकालीन अन्तरिम आदेश दिँदै सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएकी थिइन् । त्यसपछि ८ असोजमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश कुमार रेग्मीले सुनुवाइ गरेर अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएका थिए ।

Advertisement

यो रिटमा १७ कात्तिकमा अर्को सुनुवाइ भएको थियो । त्यसपछि आज निर्णय सुनाउने गरी तोकिएको थियो । २०७३ सालमा सरकारले कृषियोग्य जमिन प्लटिङ हुने क्रम बढेको र जग्गाको खण्डीकरण अत्याधिक भएको भन्दै कित्ताकाट रोक्ने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सो निर्णय उर्वर भूमी मास्ने योजनाका साथ आएको भन्दै रिटमा कित्ताकाट रोक्न माग गरिएको थियो । सर्वोच्चले सो मागमा रिट जारी हुने फैसला सुनाएको हो ।