आईसुजुको ग्लोबल सिरिजका ट्रक तथा टिप्परहरु सार्वजनिक
०७ मंसिर, २०७६, काठमाडौं । लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एकै छतमुनि काठमाडौंको नैकाप गुर्जुधारामा एसएमएल आईसुजु फ्ल्यागसिप थ्रीएस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । जीएफआई सर्भिसको नाममा उक्त सेवा केन्द्र एक लाख वर्ग्फिट क्षेत्रमा बाँधिएको कम्पनीले जनाएको छ ।
उक्त सेवा केन्द्रमा बिक्री सेवा, स्पेयर पार्ट्स, पीडीआई केन्द्र र स्टक यार्डको लागि छुट्टाछुट्टै शाखाहरु समावेश गरिएको छ । यस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्थाले राम्रोसँग सुसज्जित रहेका कम्पनीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्