भायनेटले ल्यायो ‘छ क्या लभ्ली अफर’
१० मंसिर, २०७६,काठमाण्डौ । भायनेट कम्युनिकेसन्सले सञ्चालनको २० औं वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकहरुको लागि ‘क्या लभ्ली अफर’ नामक अझ आकर्षक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले मात्र ३४ हजारमा एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र ६४ मेगापिक्सल क्यामरा भएको शाओमी रेड्मी नोट ८ प्रो प्राप्त गर्नेछन् । त्यसैगरी २७ हजार सात सय रुपैयाँमा ग्राहकहरुले एक वर्षका लागि इन्टरनेट, नेट टि.भी र शाओमी रेड्मी नोट ८ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यसका साथै भायनेट इन्टरनेट प्याकेजसँग ग्राहकहरुले मात्र १८ हजार सात सय ९० रुपैयाँ देखि सामसुङ र स्काईवुथको ३२” देखि ४३” सम्मका एलईडी टिभीहरुका साथै इन्टरनेट र फ्रि नेट टि.भी. प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराएको कम्पनीले जनाएको छ । सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्सले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहि आएको दाबी गरेको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स इन्टरनेट सर्भिस सुरुवात गरेको थियो ।
प्रतिकृया दिनुहोस्