September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

सुनचाँदीको मूल्य बढयो, आजको भाउ यस्तो

सुनचाँदीको मूल्य बढयो, आजको भाउ यस्तो


काठमाडौं । दुई दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य मंगलबार केही बढेको छ । मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँ निर्धारण हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य १ हजार २ सय ५० रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९२ हजार २ सय, तेजाबी सुन ९१ हजार ७ सय र चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement