September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

मल नल्याउने दुई कम्पनीको ९ करोड ३१ लाख धरौटी रकम जफत

मल नल्याउने दुई कम्पनीको  ९ करोड ३१ लाख धरौटी रकम जफत

पुस २८, काठमाडौं ।
कृषि सामग्री कम्पनीले नेपाली दुई कम्पनी शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको धरौटी रकम जफत गरेको छ । रासायनिक मलका २ वटा ठेक्का अलपत्र पार्ने मुक्तिनाथ कृषि कम्पनी र यसअघि २ वटा ठेक्कामा कारबाही भोगिसकेको शैलुङ इन्टरप्राइजेजले सम्झौता बमोजिम मल नल्याएपछि दुई कम्पनीको गरी ७ लाख ९६ हजार अमेरिकी डलर जफत गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

Advertisement

मुक्तिनाथ कृषि कम्पनीले युरिया मलको ठेक्कामा राखेको ३ लाख ९९ हजार अमेरिकी डलर र डिएपीको ठेक्कामा राखेको ३ लाख ९७ हजार अमेरिकी डलर बराबरको जमानत जफत गरिएको हो । विदेशी विनियम दरअनुसार उक्त जमानत रकम ९ करोड ३१ लाख ३२ हजार रुपैयाँ बराबर हुन जान्छ।  शैलुङले मलको ठेक्कामा कारबाही भोगेको यो तेस्रोपटक हो । कृषि सामग्री कम्पनीसँग गएको भदौमा भएको सम्झौताअनुसार शैलुङ कम्पनीले मङ्सिरको १३ गतेसम्म २५ हजार मेट्रिक टन युरिया मल ल्याउनुपर्ने थियो । यस्तै मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर १७ र १८ गते २० हजार मेट्रिक टन डीएपी र २५ हजार मेट्रिक टन युरिया ल्याउनुपर्ने थियो । तर उक्त कम्पनीले मल ल्याउन सकेन ।

Advertisement

ठेक्का सम्झौता सकिएको मितिदेखि ५४ दिनसम्म अरिरिक्त समय थप गर्न पाउने अधिकार कृषि सामग्री कम्पनीलाई थियो । तर सो समयमा पनि मुक्तिनाथले सिपमेन्ट नगरेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । कृषि सामग्री कम्पनीले शैलुङलाई ४ लाख २ हजार ५ सय अमेरिकी डलर र मुक्तिनाथलाई युरिया मलको लागि ३ लाख ९९ हजार र डिएपीको लागि ३ लाख ९७ हजार अमेरिकी डलर धरौटी रकम दिएको थियो ।

त्यस्तै, आइपिएलले १० हजार टन पोटास, २० हजार टन डिएपी र दुवैको जेन ट्रेड कम्पनीले २५ हजार टन डिएपी ल्याउने ठेक्का पाएको थियो । ठेक्का सम्झौता अनुसार आइपिएल र जेन ट्रेडको गरी ५५ हजार टन मल मात्र आउन सकेको कम्पनीले जनाएको छ ।