March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

आयल निगमले गत आर्थिक बर्षमा १२ अर्ब ९१ करोड ४८ लाख रुपैया नाफा कमायो

काठमाडौंः नेपाल आयल निगमले गत आर्थिक रु. १२ अर्ब ९१ करोड ४८ लाख खुद नाफा गरेको छ । निगमको संचालक समितिको ३९ औं वार्षिक साधारण सभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्दे आर्थिक वर्ष २०७६–७७ मा उक्त नाफा कमाएको बताएका छन् ।

निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभाँश रु. २ अर्ब २० करोड वितरण गर्न साधारण सभाले स्वीकृति प्रदान गरेको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले साधारण सभामा निगमले गरिरहेका सुधारका विविध पक्षबारे जानकारी गराउँदै निगमलाई पूर्ण कप्युटरकृत स्वचालित विधिमा रुपान्तरण गरी देशकै नमुनायोग्य संस्थामा रुपान्तरण गर्न प्राप्त सहयोग र हौसलाप्रति सबैमा आभार व्यक्त गर्नु भएको थियो ।

Advertisement