April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

कोरोनाविरुद्धको खोप आयातमा सहयोग गर्न सरकारको आग्रह

कोरोनाविरुद्धको खोप आयातमा सहयोग गर्न सरकारको आग्रह

पुस २९, काठमाडौं ।
सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको छ । सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ खोपका लागि खोप कोष खडा गरिएको र त्यसमा योगदान गर्न आह्वान गरेको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई आर्थिक सहयोग गर्न आह्वान गरेको छ । उक्त कोषमा योगदान गर्न चाहनेले कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समिक्षा गरिने समेत मन्त्रालयले जनाएको छ । प्राथमिकताको आधारमा लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ । खोप आयातका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको सरकारको भनाइ छ ।

Advertisement