September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

तीनै तहका सरकारको बजेट वर्षमा १९ खर्ब हुँदा खर्च १२ खर्ब मात्रै

तीनै तहका सरकारको बजेट वर्षमा १९ खर्ब हुँदा खर्च १२ खर्ब मात्रै

पुस २९, काठमाडौं ।
महालेखा नियन्त्रक कार्यालयले तीन वटै तह (संघ, प्रदेश र स्थानीय) का सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार गरि अर्थ मन्त्रालय र महालेखा परीक्षक कार्यालयलाई बुझाएको छ । आर्थिक वर्ष २०७६–७७ मा तीनै तहका सरकारले गरेको खर्च र प्राप्त भएको राजश्व विवरण अर्थ मन्त्रालयमा बुझाएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त आर्थिक वर्षमा तीन वटै तहका सरकारको कुल बजेट १८ खर्ब ९० अर्ब १ करोड रुपैयाँ रहेको थियो । तर, खर्च भने करीव १२ खर्ब मात्र भएको छ ।
तीन तहका सरकारमध्ये संघीय सरकारले कुल राजश्व ८ खर्ब ४१ अर्व ३१ करोड रुपैयाँ प्राप्त गरेको छ । यस्तै प्रदेश सरकारको सञ्चित कोषमा २ खर्ब ३१ अर्व प्राप्त भएको छ् भने स्थानीय तहको आय व्यय एकीकृत गर्दा कुल राजश्व कुल ४ खर्ब ४ अर्ब ३० करोड देखिएको छ ।

Advertisement

संघीय सरकारले एक वर्षमा १० खर्ब ९१ अर्ब १३ करोड ५२ लाख खर्च गरेको छ । प्रदेश सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ खर्च गरेका छन् । स्थानीय सरकारले भने ३ खर्ब २० अर्ब ५ करोड रहेको छ । सरकारबाट भएका खर्चबाट दोहोरिएको रकम मिलाउँदा तीन वटै तहका सरकारबाट भएको यथार्थ खर्च ११ खर्ब ९१ अर्ब ५ करोड देखिएको हो ।

आन्तरिक ऋण र बैदेशिक स्रोत बाहेक १० खर्ब ४७ अर्ब ४८ करोड रुपैया राजश्व प्राप्ति भएको कार्यालयले जनाएको छ । आन्तरिक ऋण १ खर्ब ९४ अर्ब ९० लाख र वैदेशिक ऋण १ खर्ब १६ अर्ब ४८ करोड रहेको छ । त्यस्तै वैदेशिक अनुदान १८ अर्ब ८८ करोड ५७ लाख प्राप्त भएका छ । सरकारले एक वर्षको अवधिमा ८ खर्ब ४१ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।