March 19, 2024, Tuesday
६ चैत्र २०८०, मंगलवार

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित

माघ २, काठमाडौं ।

Advertisement

छिमेक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त लभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

Advertisement

सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश गरेर कुल २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, सभाले कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक पनि निर्वाचित गरेको छ । सभाले आगामी ४ वर्षका लागि कर्ण बहादुर घले र प्रकाश राज विष्टललाई निविरोध निर्वाचित गरेको हो । 

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तीय संस्थाले हालसम्म ६७ जिल्लामा १३७ वटा शाखामार्फत कुल ३ लाख ७९ हजार ६४ जना महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । यस संस्थाले आर्थिक वर्ष २०७६-०७७ मा ६६ करोड २१ लाख ३९ हजार ८ सय ४२ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ  ।