यूनिभर्सल पावरको ३ महिनामा रू.५ करोड ८० लाख संचित नाफा
११ मंसिर, २०७६, काठमाण्डौ । चालू आर्थिक बर्षेको तीन महीनामा युनिभर्सल पावर कम्पनीको संचित नाफा रू.५ करोड ८० लाख रहेको छ । यो संचित नाफा गत आर्थिक बर्षेको पहिलो त्रैमासमा रू.४ करोड १४ लाख थियो ।
कम्पनीको चुक्तापूँजी रू.२ अर्ब १० करोड छ । हाल कम्पनीको जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा रहेकाले व्यापारिक उत्पादन शुरु भइनसकेको हुनाले विद्युत् विक्रीबाट आम्दानी छैन । हाल कम्पनीले दोलखा जिल्लामा रहेको खारे खोलामा निर्माण भइरहेको ११ मेगा वाटको जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा रहेको छ । साथै कम्पनीले माथिल्लो इङ्खु खोला जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ ।
कसुवा खोला जलविद्युत् आयोजना ४५ मेगाा वाट निर्माण गर्न लगानी सम्झौता गरेको छ । प्रतिशेयर आम्दानी शून्य दशमलव ७३, मूल्य आम्दानी अनुपात १०६ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव ७७ छ ।
प्रतिकृया दिनुहोस्