April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी तेलको मूल्य बढाइएको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो ।


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढेको छ । सोमबार मध्यरातिदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेलरमट्टीतेलमा २÷२ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

मृल्यवृद्धिसँगै पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९३ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट १६ जनवारीमा प्राप्त भएको मूल्यसूचीअनुसार पेट्रोलिय पदार्थको मूल्य समायोजन गरिएको प्रवक्ता उपाध्यायले जानकारी दिए । निगमले एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको जनाएको छ ।

Advertisement