September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

नेपाल लाइफको साधारण सभा माघ २८ गते

नेपाल लाइफको साधारण सभा माघ २८ गते

माघ ६, काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारण सभा माघ २८ गते हुने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले जारी गरेको सुचना अनुसार साधारण सभा बिरगञ्ज स्थित होटल भिस्वामा बिहान ९ बजे हुनेछ ।

Advertisement

साधारण सभाले कम्पनीले प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश पारित गर्ने छ । यस्तै सभाले कम्पनीको प्रतिशेयर मूल्य रू १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयर मूल्य रू ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ ।

कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गरेर मुल्य घटाउन लागेको हो । कम्पनीले यस अघि १०० रुपैयाँमा आईपीओ जारी गरेको थियो । त्यो अनुसार कम्पनीको शेयरको फेस भ्यालु प्रतिकित्ता १०० थियो । अब त्यसलाई ५० रुपैयाँ बनाउने कम्पनीको भनाइ छ ।

यस्तै, कम्पनीको साधारण सभा प्रयोजनको लागि माघ १४ गतेदेखि बुक क्लोज हुनेछ । त्यो अनुसार माघ १३ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा सहभागी जनाउन पाउने छन ।