March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

नेप्से ५.५७ अंक घट्यो, ७ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार

माघ ६, काठमाडौं ।
पछिल्ला दिनहरूमा निरन्तर नयाँ उचाइमा पुगेको नेप्से परिसूचक साताको तेस्रो दिन मंगलबार ५ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ५.५७ अंकले घट्दै २३२६.९० विन्दुमा पुगेको छ । लगानीकर्ताले नाफा बुक गर्न खोज्दा सूचक केही घटेपनि कारोबार रकम भने बढेको छ । मंगलवार कूल २ सय ६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ८४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

मगलबार कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापार, फाइनान्स र जीवन बीमा समूहको सूचकमा सुधार देखिए पनि बाँकी समूह सूचकमा भने गिरावट आएको हो । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ भने ब्यापर समूहको परिसूचक १ दशमलव ३५ प्रतिशत र जीबन बीमा समूहको परिसूचक ३ दशमलव ५५ प्रतिशतले  वृद्धि भएको छ । थोरै सेयर पुँजी भएका फाइनान्समा लगानीकर्ताको आकर्षण बढेको छ । प्रोगेसिभ फाइनान्स लिमिटेडले यसदिन सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएको छ ।

मंगलवार सर्वाधिक कारोबार भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ९१ करोड ९७ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ । सबैभन्दा बढी नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको लगानीकर्ता रहेका छन् । यस कम्पनीको लगानीकर्ताले ७.७४ प्रतिशतको नोक्सान व्यहोरेका छन् ।

Advertisement