September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब २१ करोड रुपैयाँ बराबरको कारोबार

माघ ७, काठमाडौं ।
नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको चौथो दिन नेप्से १५.८७ अंकले बढेर २ हजार ३४२.७६ अंकमा बन्द भएको छ । परिसूचक बढेको देखिए पनि कारोबार रकम र कारोबार भएको शेयर संख्या मंगलबारको तुलनामा कम छ ।

बुधबार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँमा २ सय ११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर खरिदबक्री भएको छ । मंगलबार सेयर बजार परिसूचक ५.५७ अंकले घट्दा पनि ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर खरिदबिक्री भएको थियो ।

Advertisement

बुधबार महिला सहयात्रा माइक्राफाइनान्स, बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, नेपाल फाइनान्सलगायत कम्पनीको सेयर मूल्य ९ प्रतिशतले भन्दा बढीले वृद्धि भएको छ । यस्तै विकास बैंक, वित्त, जलविद्युत्, बीमा, लघुवित्त समूहको समूहगत परिसूचक बढेको छ । बैंकिङ, टेडिङ, उत्पादन तथा प्रशोधन, होटल र अन्य समूहगत परिसूचकहरु घटेका छन् ।