March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अन्तर्राष्ट्रिय व्यापार सहज गर्न आउँदो साताबाट एकद्वार प्रणाली शुरु गरिने

अन्तर्राष्ट्रिय व्यापार सहज गर्न आउँदो साताबाट एकद्वार प्रणाली शुरु गरिने

माघ ७, काठमाडौं ।

Advertisement

सरकारले आयात र निर्यातलाई सहजीकरण गर्न एकद्वार प्रणाली सुरु गर्ने भएको छ ।  भन्सारसँग आवद्ध गरी अन्तरराष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु गरिने भएको हो । अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली शुरु गर्ने जानकारी दिएको हो ।

Advertisement

तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिने र यसमा सरकारी र निजी क्षेत्र रहनेछन् ।  एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको शुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगि राख्नु पर्ने छैन भने पनि पेपरवर्कको पनि अन्त्य हुने छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० ओटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए ।  एकद्धार प्रणालीबारे बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक रहेको बताए  ।

यस्तै कृषि तथा पशुपंछि विकास पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्ण रुपमा लागू गर्ने बताइन् । राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीलेले राजस्व परिचालनमा थप सहयोग पुर्‍याउने बताए ।