September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

मुक्तिनाथ विकास बैंकको खुद नाफा ६१ करोड ५५ लाख भन्दा बढी

मुक्तिनाथ विकास बैंकको खुद नाफा ६१ करोड ५५ लाख भन्दा बढी

माघ ८, काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको खुद नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म आउँदा ६१ करोड ५५ लाख ७८ हजार रुपैया बराबरको खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ४७ करोड २५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ३०.२८ प्रतिशतले बढेको हो । बैकको चुँक्ता पुँजी ४ अर्ब ८१ करोड १५ लाख रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ ।

Advertisement

यता, बैंकको खुद ब्याज आम्दानी ५.७९५ ले बढेर १ अर्ब १६ करोड २४ लाख ३८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ९ करोड ८७ लाख ४९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि २८.१९५ ले बढेर ८६ करोड ५२ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ६७ करोड ४९ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको निक्षेप ७४ अर्ब ८७ करोड २२ लाख रुपैैंया रहेको छ । बैंकको निक्षेप गत आ.व.को तुलना ३०.६४ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिभर बैंकको निक्षेप ५७ अर्ब ३१ करोड ८ लाख रुपैया बराबर रहेको थियो । यस्तै बैंकले समिक्षा अवधिभर ग्राहकहरुलाई ५८ अर्ब २७ करोड ४० लाख रुपैंया बराबरको कर्जा प्रवाह गरेको छ ।