April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

तातोपानी नाका आजदेखि २० दिनका लागि बन्द हुने

तातोपानी नाका आजदेखि २० दिनका लागि बन्द हुने

काठमाडौं । आजदेखि २० दिनकालागि तातोपानी नाका बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न नाका बन्द गरिएको हो । बाढीले क्षति पु¥याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने भन्दै चिनीयाँ पक्षले नाका बन्द गर्ने जानकारी गराएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । खत्रीले चीनले बढीमा २० दिनका लागि नाका बन्द गरेको जानकारी गराएको बताए ।

पहिलेकै बाढीले क्षति पु¥याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो । पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको थियो । पुल निमार्ण कार्य सम्पनन नभै अव कुनैपनि तातोपानी रुट भएर आउने कुनै मालबाहक सवारी साधन आउँने छैनन् ।

Advertisement