September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो, तोलामा कति ?

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो, तोलामा कति ?

माघ ८,काठमाडौं ।
नेपाली बजारमा बिहिबार सुनको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा ६०० रुपैंयाले बढेर ९३ हजार १०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैया रहेको छ । बुधबार तेजावी सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।

Advertisement