September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

तीन दिनमा १ लाखले खोले डिम्याट खाता, २६ लाख नाघ्यो खाता खोल्नेकाे संख्या

तीन दिनमा १ लाखले खोले डिम्याट खाता, २६ लाख नाघ्यो खाता खोल्नेकाे संख्या

माघ ८, काठमाडौं ।
पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै अहिले डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेखनीय रुपमा बृद्धि भएको छ । जसका कारण अहिले दैनिक सयौं जनाले सेयर भर्नकालागि डिम्याट खाता खोलिरहेका छन । पछिल्लो ३ दिनमा मात्रै अनलाइन सेयर कारोबारका लागि खोलिने डिम्याट खाता खोल्नेको संख्या १ लाख नाघेको छ ।

Advertisement

माघ ४ गतेमात्र एकै दिन ८१ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन् । माघ ६ गते २८ हजार ७५८ जनाले डिम्याट खाता खोलेका थिए । हिजोसम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख १० हजार ८ सय ६२ पुगेको छ । सोही कारण अहिले काठमाडौ उपत्यका लगायत मुलुकभरका विभिन्न शहरमा सञ्चालित बैंक र क्यापिटल मार्केटहरुमा सेवाग्राहीको बाक्लो भीड देखिन थालेको छ । डिम्याट खाता खोल्नेहरुको संख्या ह्वात्तै बढ्नुले लगानीको दोश्रो बजार शेयर कारोबारमा नेपालीहरुको आकर्षण बढ्दै गएको बुझ्न सकिने जानकारहरु बताउँछन् ।

Advertisement

शेयर बजारमा थोरै लगानी गरेर प्रवेश गर्न सकिने भएकाले पनि यसमा सर्वसाधारण आकर्षण भएको हो । पछिल्लो समय विभिन्न कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने साधारण शेयरको संख्या बढेसँगै लगानी गर्नेहरु पनि बढेका हुन् । नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओकै कारण पनि पछिल्लो समय डिम्याट खाता खेल्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

आवेदन खुलेको पहिलो दिनमै करीब ३ लाख आवेदकले आवेदन दिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । हाल सम्पूर्ण सेवा प्रविधिमैत्री बनिसकेको प्राथमिक बजारमा आवेदन दिन निकैनै सहज भएको सो कम्पनीको भनाई छ । एक हप्ता अघि चन्द्रगिरिको आइपीओ १२ लाख ५१ हजार १० जनाले आवेदन दिएका थिए ।