April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

चन्द्रागिरी हिल्सको आईपीओ १ लाख ३९ हजार जनालाई

चन्द्रागिरी हिल्सको आईपीओ १ लाख ३९ हजार  जनालाई

माघ ९, काठमाडौं ।
चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । चन्द्रागिरि हिल्सको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान आईपीओ बाँडफाँट भएको हो । आईपीओका लागि आवेदन दिएका कुल योग्य आवेदक १२ लाख ११ हजार ११५ मध्ये १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । त्यस्तै दुई जनाले भने थप २ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेको जनाइएको छ ।

गत पुस २४ गतेदेखि कम्पनीले प्रति कित्ता १०० का दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा कुल १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएका थिए । जसमध्ये आवेदन दिएका १२ लाख ११ हजार ११५ जना आवेदकलाई मात्र बाँडफाँटमा सहभागी गराइएको थियो । यी आवेदकहरुबाट २ करोड २८ लाख २० हजार २१० कित्ता शेयरको माग भएको विक्री प्रबन्धकको भनाई छ ।

कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओमध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । त्यस्तै आवेदन दिनेहरुलाई कम्पनीले चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

Advertisement